इटहरी - टि २० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले जितका लागि नेपाललाई १६१ रनका लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।