इटहरी  : वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जित निकालेको छ। आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो।वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए। कुशल मल्ल ३७ रनमा नटआउट रहे। बलिङतर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्डिज ए का लागि एलिक एथेनाजेलेले सर्वाधिक ४२ रनको योगदान गरे।यस्तै,  कप्तान रोस्टन चेसले ३३, जोनसन चाल्र्सले २४ र म्याथ्यु फर्डेले २३ रनको बनाएका थिए। नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३-३ र अविनाश बोहराले १ विकेट लिए। पाँच खेलको सिरिजवेस्ट इन्डिज ‘ए’ले अन्तिम खेलअगावै जितिसकेको थियो।