इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान सुरु गर्ने भएको छ।
इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते भोली आइतबारदेखि ९ गते शुक्रबारसम्म संचालन हुने छ।
पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले न्यूनतम रु. ३०,००० को मूल्याङ्कन पाउने छन्। त्यसमा थप रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पनि प्रदान गरिनेछ।
साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आकर्षक गिफ्ट प्याकेज समेत प्रदान गरिनेछ।
पुराना सवारीहरूको मूल्याङ्कनका लागि १० भन्दा बढी अनुभवी भ्यालुएटर परिचालित गरिने आयोजकको भनाइ छ। मूल्याङ्कन पारदर्शी र यथार्थपूर्ण हुने दाबी गर्दै, आयोजकले पूर्वमै सर्वाधिक मूल्य दिने ग्यारेन्टीसमेत दिएका छन्।
हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकहरूका लागि यो अभियान उपयोगी अवसर भएको आयोजकको भनाइ छ।
टिभिएसले पुरानो बाइक साटेर नयाँमा चढ्न मात्र होइन, त्यससँगै आर्थिक सजिलो, इन्जिनको दीर्घ ग्यारेन्टी र अफरको भरपर्दो व्यवस्था पनि सुनिश्चित गर्दै आएको छ।


















