विराटनगर - तेरापन्थ युवक परिषद् विराटनगरले आगामी सेप्टेम्बर १७ (अशोज १) गते आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइभ (MBDD) कार्यक्रम को जिल्ला प्रशासन कार्यलय मोरङ का प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समर्थन जनाउनुका साथै शुभकामना पनि व्यक्त गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी यादवले रक्तदान मानव जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै यस अभियानमार्फत हजारौँ जीवनलाई नयाँ ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका सामाजिक कार्यमा अग्रसर भएको देख्दा हर्ष लागेको भन्दै परिषद्को भूमिकाको प्रशंसा गर्नुभयो।
तेरापन्थ युवक परिषद् विराटनगरले यस अभियान अन्तर्गत १३ वटा रक्तदान शिविर सञ्चालन गर्दै १,००० पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको छ।
यसअघि भएको बैठकमा परिषद्का अध्यक्ष अरिहन्त बैद, संयोजक तथा उपाध्यक्ष अमित धाडेवा, महासचिव समित सुराना, पूर्व अध्यक्ष तथा सल्लाहकार पंकज लुनिया लगायतको उपस्थिति रहेको थियो।


















