काठमाडौं । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।

बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।

अहिले राष्ट्रिय परिचयपत्रको विज्ञ र आयोगको आईटी टिमले बनाउने काम गरिरहेको छ ।