काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ ।
गृह मन्त्रालयका अनुसार अहिले रिकभर गर्ने काम भइरहेको छ । शुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखियो । अहिले भने त्यो देखिँदैन ।
ह्याक भएको सो साइटमा राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् ।

















