धरान - नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडसले मंसिर २८ देखि पौष ४ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ।

मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि मेलामा विशेष अफरहरू उपलब्ध रहनेछन्—

रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी तथा नागरिकतामात्रैमा फाइनान्स सुविधा।

न्यु कुष्ण टेडसका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभिएस घर लैजाने उत्कृष्ट अवसर ग्राहकलाई प्रदान गर्ने छ।