इटहरी : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ।

इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ।

मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ। ग्राहकलाई लक्षित गरी मेलामा विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइने जगदम्बा मोटर्सले जानकारी दिएको छ।

IMG_20251219_185907

अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर तथा लाइफटाइम वारन्टी प्रदान गरिनेछ।

त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।

पारस अटो मोबाइल्सका अनुसार यो मेला पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर घर लैजान चाहने ग्राहकका लागि उत्कृष्ट अवसर सावित हुने विश्वास लिइएको छ।