इटहरी - नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा टिभिएस एक्सचेन्ज महा अफर सुरु हुँदैछ।
इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा भोलि पौष ६ गतेदेखि ११ गतेसम्म चल्ने अफरमा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ।
अफरअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइनेछ।
त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि रहेको आयोजकले जनाएको छ।


















