विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरले प्रशिक्षणरत प्रहरी जवानहरूलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरी अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ।

तालिम केन्द्रद्वारा जारी सूचनाअनुसार आधारभूत तालिम (४–८२ समूह) अन्तर्गत २१० जना प्रशिक्षार्थीलाई विराटनगर–तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा अवलोकन भ्रमण गराइएको हो। कार्यक्रम २०८२ वैशाख ३ र ४ गते दुई चरणमा सम्पन्न गरिएको थियो।IMG_20260418_094838

पहिलो चरणअन्तर्गत वैशाख ३ गते दिउँसो ३ बजे १०५ जना प्रशिक्षार्थी सहभागी भएका थिए भने दोस्रो चरणमा वैशाख ४ गते दिउँसो १ बजे थप १०५ जना प्रशिक्षार्थी सहभागी भएका थिए। प्रहरी र समुदायबीचको सहकार्य, समन्वय तथा सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तालिम केन्द्रले जनाएको छ।IMG_20260418_095026

कार्यक्रमको सभापतित्व सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशीले गरेकी थिइन्। कार्यक्रममा संस्थापक सदस्य तथा सल्लाहकार यादव पोखरेल, समाजसेवी तथा उद्योगपति चम्पालाल राठी, कानुनी सल्लाहकार अधिवक्ता सुनिल कर्ण, एलिशा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक हरि प्रसाईं, सह–सचिव हिरा थापा मगर, कोषाध्यक्ष सन्तोष बाहेती (माइकल), विराटनगर महानगरपालिका–२ का वडा सदस्य तथा कार्यकारी सदस्य सेरसिंह दुगड लगायतको उपस्थिति रहेको थियो।IMG_20260418_095126

त्यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्रबाट असई पर्शुराम बस्नेत र असई सूर्य बोस राई सहभागी भएका थिए। कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भोजराज घिमिरेले गरेका थिए भने उनले सहभागीहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा सल्लाहकार यादव पोखरेलले सामुदायिक प्रहरीको अवधारणा, जनता र प्रहरीबीचको सम्बन्ध तथा अपराध नियन्त्रणमा जनसहभागिताको महत्वबारे जानकारी गराएका थिए। उनले प्रहरी सेवाले जनतालाई दुःख दिने प्रवृत्ति हटाई जनताको मन जित्दै सहकार्यमा अघि बढ्नुपर्ने बताए।IMG_20260417_093106

कार्यक्रमका क्रममा अध्यक्ष मीना जोशीले संस्थाको परिचय, जनचेतनामूलक कार्यक्रम तथा सञ्चालन विधिबारे जानकारी दिएकी थिइन्। वरिष्ठ हल्दार तारा अधिकारी र सहायक हल्दार कल्पना कटेलले कार्यालय सञ्चालन, दर्ता–चलानी तथा प्रशासनिक प्रक्रियाबारे जानकारी गराएका थिए।

तालिममा सहभागी प्रशिक्षार्थीका तर्फबाट अनु बुढाथोकी र प्रतिभा तामाङले अवलोकन भ्रमणबाट सामुदायिक प्रहरी सम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै धन्यवाद व्यक्त गरेका थिए।

समन्वयका लागि प्रहरी सहायक निरीक्षक रमेश खनाललाई सम्पर्क व्यक्ति तोकिएको तालिम केन्द्रले जनाएको छ।