इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३००० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

















