इटहरी । पछिल्लो समय सुस्ताएको घरजग्गा कारोबारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९\८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ । मधेस प्रदेश सबैभन्दा अगाडि छ ।

आर्थिक वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको प्रतिवेदनले देखाउँछ ।
मधेस प्रदेशपछि लुम्बिनी प्रदेशमा बढी कारोबार भएको देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ ।

जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा बढी छ । महानगर र उपमहानगर क्षेत्रहरूमा ५ देखि १० आना आकारका घडेरीमा सबैभन्दा बढी कारोबार भएको छ । अधिकांश प्रदेशहरूमा १० देखि २५ आनासम्मका घडेरी किनबेच बढी हुने गरेको देखिए पनि मधेश प्रदेशमा २० आनाभन्दा ठूला प्लटमा कारोबार बढी भएको पाइएको छ ।

मूल्यका आधारमा भने बागमती प्रदेश अगाडि रहेको छ ।