इटहरी - नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन इटहरी–५ स्थित कल्याणकारी भवनमा सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा विभिन्न तहका पदाधिकारी, पत्रकार तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।

अधिवेशनबाट डिल्लिराम गिरी अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी लक्ष्मी भारती र धनकुमारी गिरी उपाध्यक्ष, भूपराज गिरी सचिव, माधव गिरी कोषाध्यक्ष तथा ठाकुर पुरी सहसचिवमा निर्वाचित भएका छन्। अन्य सदस्यहरू समेत चयन भएका छन्।

नवगठित कार्यसमितिले दशनामी संस्कृतिको संरक्षण, सामाजिक एकता सुदृढीकरण तथा समुदायको समग्र विकासका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।