इटहरी : इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार (जेठ १३ गते) सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ।
मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरिएको छ। जसअनुसार ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ।
त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो तथा सरल फाइनान्स प्रक्रिया पूरा गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। मेलाअवधिभर सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिनेछ।
कम्पनीका अनुसार न्यूनतम मासिक किस्ताबन्दी (ईएमआई) मार्फत पनि सवारी खरिद गर्न सकिने भएकाले यो मेला नयाँ सवारी खरिद गर्न चाहने ग्राहकका लागि सहज, किफायती र आकर्षक अवसर बनेको छ। आयोजकले बाँकी दिनमा अझ बढी ग्राहक सहभागिता हुने अपेक्षा गरेको छ।


















