काठमाडौ -नयाँ सरकार गठनसँगै दुईपाङ्ग्रे सवारीसाधनमा लाग्ने कर घट्ने अपेक्षा गरिए पनि हालसम्म कर दरमा कुनै परिवर्तन नआएपछि सवारी खरिदको योजनामा रहेका उपभोक्ता अन्योलमा परेका छन्।

यसैबीच, सरकारले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित अबदेखि सबै दुईपाङ्ग्रे सवारीसाधनमा एबिएस (ABS) वा सिबिएस (CBS) प्रणाली अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ।

नयाँ मस्यौदा निर्देशिकाअनुसार एबिएस तथा सिबिएस प्रविधिले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई सवारीलाई सन्तुलित र नियन्त्रणमा राख्न मद्दत गर्दछ, जसले दुर्घटनाको जोखिम घटाउन सहयोग पुर्‍याउँछ।

सरकारले यी सुरक्षा प्रविधि अनिवार्य कार्यान्वयनमार्फत सडक सुरक्षामा सुधार ल्याई दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।