विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति इङ्लिस स्कुलका अस्मिन पराजुली पहिलो हुनुभएको छ ।
प्रतियोगितामा क्वेष्ट सेकेन्डरी स्कुलकी दिप्सना राउत दोस्रो तथा सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुलका समीप कटवाल तेस्रो हुनुभएको छ । सिद्धार्थ सेकेन्डरी स्कुलकी आराध्या न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
नगरभित्रका २० विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा विद्यार्थीहरूले गोलाप्रथामार्फत् विषय छनोट गरी वक्तृत्व प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका जिल्ला अध्यक्ष जगत बस्नेतले वक्तृत्वकलाले विद्यार्थीको नेतृत्व क्षमता, तार्किक सोच र आत्मविश्वास विकास गर्ने बताउनुभयो ।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै विद्यार्थीमा बोल्ने कला र सिर्जनशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्याब्सन मोरङका जिल्ला सचिव देवी सिटौलाले अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा पहिचान र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्याब्सन सुन्दरहरैंचाका वरिष्ठ सल्लाहकार अर्जुन बस्नेतले यस्ता प्रतियोगिताले भविष्यका सक्षम नेतृत्व उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
प्रतियोगिताको निर्णायकमा सुकुना बहुमुखी क्याम्पसका सहप्राध्यापक गोविन्द खनाल र स्किल क्याम्पस इटहरीका कोअर्डिनेटर सुमन पौडेल रहनुभएको थियो ।
कार्यक्रममा प्याब्सन मोरङका सहसचिव दिपेन राई, बेलबारी नगर अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायत शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्याब्सन सुन्दरहरैंचाका सचिव सूर्य दंगालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।


















