काठमाडौंः सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको हिजो बिहान २ः४० बजे उपचारको क्रममा निधन भएको थियो ।

मण्डलको निधनमा सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’