विराटचोकः मोरङको सुन्दरहरैंचा– १२ निवासी समाजसेवी उदयनारायण काफ्ले र योगराज काफ्लेले सुकुना बहुमुखी क्याम्पसमा स्वजनको स्मृतिमा अक्षयकोष निर्माण गर्नका लागि २ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
काफ्ले परिवारले स्वर्गीय चिन्तामणि काफ्ले, स्वर्गीय चन्द्रमाया काफ्ले र स्वर्गीय सूर्यकुमारी काफ्लेको स्मृतिमा सुकुना बहुमुखी क्याम्पसको छात्रवृत्ति अक्षयकोषका लागि दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको क्याम्पसले जनाएको छ ।
विद्यार्थीहरूको अध्ययनमा आर्थिक टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको सो चेक क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।


















