विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयले ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्म पुग्न सफल प्रतिभाशाली विद्यार्थी प्रनिसजंग केसीलाई एक वर्षको पूर्ण छात्रवृत्तिसहित सम्मान गरेको छ । कोसी कक्षा ३ मा अध्ययनरत छन् ।

कक्षा ३ मा अध्ययनरत केसीले सानै उमेरमा गायन क्षेत्रमा उल्लेखनीय प्रतिभा प्रदर्शन गर्दै ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्मको यात्रा तय गरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले सम्मानपत्रसहित ३४ हजार ८०० रुपैयाँबराबरको पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

सम्मान कार्यक्रममा प्रनिसजंगका सङ्गीत शिक्षक देवराज ढकाल तथा उनको परिवारलाई समेत विशेष सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्सव थापाले सम्मानित विद्यार्थी प्रनिशजंग केसीलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिनुभएको थियो ।