खोर्सानेः सुन्दरहरैँचा–१० मोरङमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक हाइकिङ तथा अवलोकन भ्रमणका लागि इलामको दानाबारी पुगेका छन् ।
कक्षाकोठामा सिकेको ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्नुका साथै विद्यार्थीलाई प्राकृतिक वातावरण, स्थानीय संस्कृति र सामाजिक परिवेशबारे जानकारी गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको विद्यालयले जनाएको छ ।
भ्रमणका क्रममा विद्यार्थीहरूले दानाबारी क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै हाइकिङको अनुभवसमेत लिएका थिए । उनीहरूले स्थानीय वातावरणको अध्ययन गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए ।
विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतका अुनसार विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक तथा अनुभवात्मक सिकाइ आवश्यक रहेको हुनाले विद्यार्थीलाई पदयात्रामा लगिएको हो ।


















