विराटचोकः मोरङको सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर नमुना इङ्लिस स्कुलमा कक्षा १, २ र ३ का विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइका बानी, अनुशासन तथा बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो । विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल उत्सव थापाले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विद्यालयको प्रयाससँगै अभिभावकको निरन्तर साथ, सहयोग र निगरानी पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।