काठमाडौंः त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । उपकुलपतिले गरेको सिफारिशका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक र सिंह विज्ञान संकायकी प्राध्यापक हुनुहुन्छ ।


















