इनरुवाः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
सुनसरीको इनरुवा–३ स्थित ॐ साई पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ३० विद्यालयका १५० विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताअन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इङ्लिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इङ्लिस स्कुल तृतीय भएका छन् ।
प्राथमिक तह अंग्रेजी हस्तलेखनतर्फ रेस्नल एकेडेमी प्रथम, हरिततारा स्कुल द्वितीय र अभा इङ्लिस स्कुल तृतीय भएका छन् ।
माध्यमिक तह नेपाली हस्तलेखनतर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, हिमालय इङ्लिस स्कुल द्वितीय र जेभियर इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् । प्राथमिक तह नेपाली हस्तलेखनतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अरिहन्त इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।
चित्रकला प्रतियोगिताको प्राथमिक तहमा ग्रीनपीस एकेडेमी प्रथम, अभा इङ्लिस स्कुल द्वितीय र मोरङ ज्ञानोदय तृतीय भएका छन् । माध्यमिक तह चित्रकलातर्फ भने मोरङ ज्ञानोदय प्रथम, अभा इङ्लिस स्कुल द्वितीय र अरिहन्त इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।
कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल र नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन कोशी प्रदेश सचिव सुरेन्द्र चौधरीले गर्नुभएको थियो ।
विद्यार्थीमा सिर्जनशीलता, लेखन सीप, कलात्मक क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।


















