काठमाडौंः जेनजी शहीदकी आमा रचना खतिवडाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद खतिवडाले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।

उनले भनिन्, ‘जेन–जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा–भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’

उनले प्रधानमन्त्री शाहसमक्ष सदनबाट दुईवटा प्रश्न सोधिन् ।

‘शहीदले न्याय कति वर्षमा पाउँछ ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ ?’