इटहरी ।  नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख पदमा योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ । बोर्डले कार्यकारी प्रमुखको रिक्त पदपूर्तिको लागि सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिने जनाइएको छ ।

उम्मेद्वार हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको हुनुपर्नेछ ।

दरखास्त फारम तथा कागजातहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिने जनाइएको छ ।