इलामः ६२ औं बालदिवसको अवसर पारेर इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री बालज्योति माध्यमिक विद्यालयको बालज्योति साथी बाल क्लबले दुई जना शिक्षकलाई सम्मान गरेको छ ।
क्लबले सोही विद्यालयका शिक्षक पदमकेशर लिम्बू र चुलाचुली–५ को भानु माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक राजेन्द्र खनाललाई सम्मान गरेको हो ।
शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै बाल क्लबले उहाँहरुलाई सम्मान गरेको हो ।
चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी योङ्याले दुवै शिक्षकहरूलाई नगद सहित सम्मान गर्नुभएको थियो ।


















