विराटचोकः मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवाका बाढीपीडित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

सामुदायिक क्याम्पस आफैं आर्थिक तथा प्रशासनिक चुनौतीसँग जुधिरहेको अवस्था भए पनि विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै पीडामा रहेका तथा विपत्तिमा रहेका नागरिकलाई केही सहयोग हुने भएकाले आर्थिक सहयोग गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।