विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलो पटक आइतबार सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्वीज सिजन–१’ मा सगरमाथा हिमाल दर्शन पहिलो भएको छ ।

नगरका २३ विद्यालय सहभागी प्रतियोगिता डिजिटल प्रविधिमार्फत् सञ्चालन गरिएको थियो । प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल १३५ अंकसहित प्रथम, ज्ञानज्योति १३० अंकसहित दोस्रो भएका हुन् । प्रभात किरण र बाल सदनले समान ९५ अंक प्राप्त गरेपछि निर्णायक चरणबाट प्रभात किरण तेस्रो र बाल सदन चौथो भएका थिए ।

विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शनिबार नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा  पनि सगरमाथा हिमाल दर्शन पहिलो र ज्ञानज्योति दोस्रो भएका थिए ।