सुन्दरहरैँचा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–३ को वडा सभापतिमा जीवन ढुंगाना निर्वाचित भएका छन्।

अधिवेशनबाट ढुंगाना सभापतिमा निर्वाचित हुँदा माधवप्रसाद घिमिरे र भिमकुमारी भट्टराई उपसभापतिमा निर्वाचित भएका छन्। भट्टराई महिला समावेशी समूहअन्तर्गत उपसभापतिमा निर्विरोध निर्वाचित भएकी हुन्।

त्यस्तै, सचिवमा रीता दाहाल र सहसचिवमा  झलका देवी दाहाल निर्वाचित भएका छन्। अधिवेशनबाट आठ सदस्यसहित वडा कार्यसमिति गठन भएको छ।