इटहरी - नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो
भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।
जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा करियरका अवसरबारे सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरोसा एजुकेसनले जापानी शैक्षिक संस्थासँगको सम्बन्ध र सहकार्यलाई समेत प्राथमिकता दिँदै आएको छ।

Chiyoda International Language Academy जस्तो प्रतिष्ठित जापानी भाषा तथा शैक्षिक संस्थाका प्रतिनिधिसँगको प्रत्यक्ष भेटघाटले विद्यार्थीलाई जापानको शिक्षा प्रणाली, भाषा अध्ययन र भविष्यका अवसरबारे थप जानकारी हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यार्थीको उज्ज्वल भविष्यलाई केन्द्रमा राखेर विश्वसनीय शैक्षिक परामर्श, जापानी भाषा तयारी र जापान अध्ययनसम्बन्धी सेवामा सक्रिय भरोसा एजुकेसनले नेपाल–जापानबीचको शैक्षिक सम्बन्ध विस्तारमा पनि आफ्नो भूमिका बढाउँदै लगेको छ।
प्राध्यापक ओहाता रियोनको नेपाल भ्रमणका क्रममा भएको यो भेटले Chiyoda International Language Academy र भरोसा एजुकेसनबीचको शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।


















