काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन् ।


राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउँदै कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताए । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनले जनाए ।