दाङ । दाङमा एक १९ वर्षीया युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । बिहीबार दाङको गढवा गाउपालिका–५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो जबरजस्ती करणी गरेको पाइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।१९ वर्षीया युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाहको प्रलोभन देखाएर बोलाएको पाइएको अनुसन्धानमा देखिएको छ । किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चार जनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए । प्रहरीले किरणसहित चारै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउपालिका– ५ मंघर बस्ने २४ वर्षका सन्जित
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज (शुक्रबार) का लागि तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । तर, आज पनि तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी अस्वस्थ रहेकोले अर्को सूचना जारी नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । बोर्डको अध्यक्ष पदका लागि नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की संक्षिप्त सूचीमा समावेश छन् । य
इटहरी । ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो ।बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो । घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारवि
असोज १८— चितवन राष्ट्रिय निकुञ्जको गोविन्दे नामक जंगली हात्तीको आक्रमणमा परी एक माउतेको मृत्यु भएको छ। सर्लाही जिल्ला, हरिपुर नगरपालिका-६ का ३४ वर्षीय जग्दु सिंहको बिहीबार साँझ करिब ७ बजे निकुञ्जमा हात्तीको आक्रमणबाट ज्यान गएको हो।सिंह सौराहाबाट सामान किनेर खोरसोर फर्किंदै गर्दा घटना भएको बताइएको छ। उनी सँगै अर्का एक कर्मचारी पनि थिए, तर उनी भाग्न सफल भएका छन्। निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरका अनुसार, गोविन्दे हात्तीले पुल नजिकै सिमलको रुखमा लुकेर बसेको अवस्थामा उनीहरूमाथि आक्रमण गरेको थियो।सिंह पछुवा पदमा कार्यरत थिए र पछिल्लो समय कतार पठाउन तयारी गरिरहेको हात्ती खगेन्द
बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प–यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ’, पोखराबाट आएका पोषण शर्माले भने, ‘बागलुङ कालिका हाम्रो आस्थ
एजेन्सी । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए । क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थिए । जुन एक एलिट
काठमाडौं । गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ । विपदमा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार हजार १ सय २० जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले बताए ।उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको बताए । ‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर
काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’ नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधि मण्डलबीच बुधबार कतारको राजधान
झापा । हात्तीको आक्रमणबाट झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौं । खबर पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक
भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिका–८ को ४९ किलोमा एक पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका–५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस