इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
















