इटहरी । नयाँ आर्थिक वर्ष २०८३\८४ को पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अङ्क अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ बिन्दुमा अडिएको छ ।

बढेको बजारमा आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ ।

सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६० प्रतिशतले बढेको छ ।

सर्वाधिक कमाउनेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरभाउ १५ प्रतिशत बढ्दा सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत, मिड सोलु हाइड्रोको १२.०५ प्रतिशत, सिटी होटलको ११.९५ प्रतिशत, थ्रीस्टार हाइड्रोको १०.९६ प्रतिशत, भुजुङ हाइड्रोको १०.७२ प्रतिशत, नेशनल हाइड्रोको १०.७२ प्रतिशत र हिमस्टार ऊर्जाको शेयरमूल्य १०.१० प्रतिशतले बढेको छ ।

बढेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयरभाउ १५ प्रतिशतले घटेर घटेको छ । फस्र्ट माइक्रोफाइनान्सको ८.७२ प्रतिशत, आरबीबी फोकस्ड ४० को ६.११ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड एल–२ को ५.६३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१७ प्रतिशत, कुमारी डिबेञ्चरको ४.११ प्रतिशत, माईखोला हाइड्रोपावरको ३.९१ प्रतिशत, चिरख्वा हाइड्रोको ३.७६ प्रतिशत, महालक्ष्मी विकास बैंक डिबेञ्चरको ३ प्रतिशत र एसबीएल डिबेञ्चरको ३ प्रतिशतले घटेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक २२ करोड २३ लाख ९७ हजार ६३८ रुपैयाँको शेयर किनबेच भएको छ ।

कर्पाेरेट डेभलपमेण्ट, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, र ङादी ग्रुप पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब, ५६ करोड, ८५ लाख, २ हजार ८३५ रुपैयाँ कायम भएको छ ।