All Posts By इटहरी खबर संवाददाता

    Showing १,३११-१,३२० of ३,०८७ items.
  • लगातार तेस्रो हार व्यहोरेको नेपाल आज ओमानको सामना गर्दै, उल्ट्याउँला नतिजा ?

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत आज (मंगलबार) ओमानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।नेपालले यसअघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार व्यहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार व्यहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित प

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ३०० पटक पढिएको
  • झापाकाे मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । प्रहरीका अनुसार गए राति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अन

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ११२ पटक पढिएको
  • दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कानुन व्यवसायी बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए  ।  उनलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । निवेदनसँगै प्रसाईंले आफू क्यान्सरपीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।विद्युतीय माध्यमबाट आफ्नो

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २३१ पटक पढिएको
  • डाेटिमा युवतीमाथि बलात्कार र लुटपाट, आमाको कोरा बसेकै ठाउँबाट युवक पक्राउ

    डोटीमा । डोटीमा आमाको किरिया (कोरा) बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन् ।भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए ।शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका थिए । आइतबार आमाको दाहसंस्कार गरेर घरमै

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २३४ पटक पढिएको
  • धनुषाकाे हिरासतबाट आठ थुनुवा फरार

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर आठ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।हिरासतबाट भागेका नौं जनामध्ये एक जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् ।फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठ

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २२० पटक पढिएको
  • बारामा करेन्ट लगाएर मारेको अवस्थामा भेटियो हात्ती

    बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा आइतबार करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो । जंगलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ । यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २३० पटक पढिएको
  • ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवा–युवतीको मृत्यु

    काठमाडाैं । ओमानमा आफैले हाँकेको कार दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा नेपाली युवा युवतीको मृत्यु भएको हो ।राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ४४७ पटक पढिएको
  • मध्यराति रविको स्टाटस : न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू...

    काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली अहिले अमेरिकामा भ्रमणमा छन् । यता सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दोषी औंल्याएकाहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै सो प्रकरणमा प्रहरीले आइतबार नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।&nb

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २८१ पटक पढिएको
  • न्यूयोर्कमा प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

    काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत अन्तरक्रिया कार्यक्रम रद्द गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जनाइएको छ ।  ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेद

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २६७ पटक पढिएको
  • ओलीसँगको भेटपछि तस्वीर राख्दै मोदीले लेखे–नेपाल–भारत मित्रता धेरै बलियो छ

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ ।स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल–भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । यद्यपि, उक्त बैठकमा ओलीले भारत भ्रमणको निम्ता भने पाउन सकेनन् । यसअघिका प्रधानमन्त्रीलाई भारतले नियुक्त हुने वित्तिकै भारत भ्रमणको निम्ता दिने गरे पनि ओलीलाई भने मोदीले भा

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल