All Posts By इटहरी खबर संवाददाता

    Showing १,३३१-१,३४० of ३,०८७ items.
  • अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

    एजेन्सी। अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो ।  दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ । भेटमा इपीजीको प्रतिवेदन, सीमा समस्या लगायत विषयमा कुराकानी हुने बताइएको छ ।गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिएको ईपी

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २४८ पटक पढिएको
  • एमसिसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

    तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनस

    • प्रकाशित मितिः असोज ५, २०८१
    • १५० पटक पढिएको
  • दुई महिनामा चिया निर्यात ५२ प्रतिशतले बढ्यो

    झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधि

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २५६ पटक पढिएको
  • नारायणघाटमा मोटरसाइकल पल्टिँदा दुई युवकको मृत्यु

    चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । राति सवा १ बजेतिर शहीद चोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर–२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा नवलपुरको गैंडाकोट–५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी–६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए ।

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ३३० पटक पढिएको
  • याे वर्ष दशैंको टीकाको शुभ साइत ११ बजेर ३६ मिनेटमा

    इटहरी । बडादशैंको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ । साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८१
    • १५९ पटक पढिएको
  • राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै

    एजेन्सी । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनु परेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।आज हुने निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ । मुलुकमा करवृद्धि, अनुदान र कल्याणकारी योजनामा कटौतीका कारण अझै पनि धेरै जनता समस्यामा छन् । धेरै विश्लेषकहरु यस पटकको चुनावमा आर्थिक सुधारका लागि मतदा

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २३२ पटक पढिएको
  • तल्लो सेती जलविद्युत आयोजना : इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

    तनहु । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो । आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुङ्गो लागिसकेको तनहुँ हाइड्रोपावर लिम

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २०५ पटक पढिएको
  • प्रधानमन्त्री ओली न्युयोर्कमा

    न्युयोर्क  । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् ।प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरेका छन् ।महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा ओलीले ७ कार्यक्रममा सम्बोधन गर

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ३१३ पटक पढिएको
  • महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री डा. राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौं कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।’ लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा. राणाको तर्क थियो । ‘संसारमा महिला

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २९० पटक पढिएको
  • संविधान दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाले विपन्नलाई गर्यो सुरक्षित आवास हस्तान्तरण

    पथरिशनिश्चरे- संविधान दिवसको अवसरमा  मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन परिवारलाई घर हस्तान्तरण  गरेको छ।आज एक विशेष समारोहको आयोजना गर्दै संविधान दिवसको  अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरेको हो। कानेपोखरी -२ , प्रधान टोलमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति ईङ्नाम मोरङ क्षेत्र -२ का संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति  ऋषिकेश पोख्रेलको प्रमुख आतिथ्यमा १० वटा पक्की दुई कोठे आवास निर्माण गरी गाउँपालिकाका अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।विसं २०७८ मा नै त

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल