All Posts By इटहरी खबर संवाददाता

    Showing १,३४१-१,३५० of ३,०८७ items.
  • पथरीशनिश्चरेमा विद्यालय स्तरीय बुद्धिचाल लिग प्रतियोगिता सुरु, एभरेष्टको सतप्रतिशत जित

    पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबारदेखि बुद्धिचाल (चेस)खेलको विद्यालय स्तरीय प्रथम टिम लिग प्रतियोगिता सुरु भएको छ । बुद्धिचाल संघ नगर समितिको आयोजनामा आज भएको दुई राउण्डको खेलमा एभरेष्ट बोर्डिङ स्कुल सतप्रतिसत नजितासहित २ अंक बनाएको छ । एभरेष्टबाट आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र सेम्रिल राई सहभागी रहेका थिए । एभेरेष्टले पहिलो राउण्डमा भूपू सैनिक र दोस्रोमा दुर्गा मावि दुबैसँग ३—० को नजिता निकालेका थिए । प्रतियोगितामा  वाल जागरण विद्या मन्दिर र वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले पनि समान २÷२ अंक जोडेको छ ।  सिंहबाहिनी मावि, किर्तिपुर एकेडेमी, मोरङ मेरिगो

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३७५ पटक पढिएको
  • ‘नेसनल डे कन्सर्ट’ मा बालेनको नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार, अदालतमा बुझाइँदै

    काठमाडौं ।  संविधान दिवसको अवसरमा हिजो (बिहीबार) दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे समर्थनमा नारा लगाउने ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरले बझाङ मष्ट गाउँपालिका स्थायी घर भएका तिलक खड्कालाई  पक्राउ गरिएको जनाएको छ । खड्काले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गर्दा प्रहरीले पक्राउ गरेको थियो । ‘गतिविधि अलि अस्वाभाविक देखियो, सर्वसाधारणलाई धकेल्न थालेपछि उनलाई नियन्त्रणमा लिएको थियौं । तर ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेछन्’, परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४६८ पटक पढिएको
  • नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं  । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’उनल

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३६४ पटक पढिएको
  • बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदो हुँदै फेरि  एक पटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने दावी गरेका छन् । गौतमले आफ्नो उद्देश्य नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउने रहेकाले त्यसअनुरूप काम पनि गरिरहेको जिकिर गरेका छन् । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफूबाहेक अरुले भूमिका खेल्न नसक्ने पनि दाबी गरे ।  ‘उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ, म सबैसँग मित्रता नै राखिराखेको छु । म निहुँ खोजी–खोजी मित्र बन्छु । शत्रुवत व्यवहार गर्ने छैन । त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु,’ उनले दावी गरे । आफ्नै जीवनकालमा त्यो परिस्थिति ल्याउन सके

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३५२ पटक पढिएको
  • प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ

    काठमाडौं । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । प्रस्तावमा नेपाल भने तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको अमेरिका मात्र हो । नेपाल, भारत, बेलायतसहित ४३ देश भने कसैको पनि पक्ष–विपक्षमा नलागी तटस्थ बसेका थिए ।नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएको छ । नेपालले यी दुवै देशको समस्या समाधानमा जोड दिँ

    • प्रकाशित मितिः असोज ४, २०८१
    • २६६ पटक पढिएको
  • धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौंडा सम्पदा यात्रा’

    बागमती । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ । हेटौँडास्थित एडभेञ्चर क्लबले आज पत्रकार सम्मेलन गरी प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका–४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथिभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ

    • प्रकाशित मितिः असोज ४, २०८१
    • २७९ पटक पढिएको
  • पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३३७ पटक पढिएको
  • पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

    कञ्चनपुर । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन् ।शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्यअध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ पोखरालगायत सहर घुम्न जाने गरेको बताए । ‘अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको छ ।’शुक्लाफाँटा राष्ट

    • प्रकाशित मितिः असोज ४, २०८१
    • १९४ पटक पढिएको
  • कैलालीमा पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन् । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन् । गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो । ‘वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ’, उनले भनिन्, ‘धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।’हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ । उनी वर्षभरिलाई खान पु

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३७२ पटक पढिएको
  • कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।‘म अहिले निकै अस्वस्थ भएको छु । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु’, उनले भने । एक कार्यक्रमका लागि विराटन

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४४९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल