काठमाडाैं । वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि गरिएको छ। ८४ वर्षको उमेरमा बुधबार निधन भएका उनको पार्थिव शरिरमा नेपाल कम्युनिस्ट पार्टी, दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिस्ट पार्टीको झण्डा ओढाए अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्। शर्माको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरूले दागबत्ती दिएका थिए। छोरी रेखा र छोरा अञ्जन दुवैले बुवाको शवलाई काँधमा हालेर खोला किनारसम्म पुर्याएका थिए। विसं १९९७ साल जेठ १५ गते जन्मिएका उनका चार छोरी र एक छोरा छन
काठमाडौं । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सरकारले धरहरा खुला गरेको हो । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउन्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।२०७२ को भूकम्प गएको नौं वर्षपछि धरहरा सर्वसाधरणका लागि खुला गरिएको हो । निःशुल्क प्रवेश गर्न मजबचजबचब।नयख।लउ बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा
सुर्खेत । राउटे समुदायका एक जना युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । उनलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएकोमा अस्पताले फिर्ता पठाएको थियो ।उनलाई राउटे बसोबास गरेको स्थान दैलेखको गुराँस गाउँपालिका–१, सिमेलसाल फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी ६ महिनादेखि बिरामी थिए तर अस्पतालमा उपचार गर्न जान नमानेका कारण अन्तिम समयमा बल्ल सम्झाई बुझाइ गरेर लगिएको थियो । उनमा क्षयरोग रोग देखिएको अस्पतालले जानकारी दिएको छ ।‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मञ्जुर नभएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।उनी राउटे समुदायभित्र पर्ने क
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन गए राति अमेरिका प्रस्थान गरेकी छन् । उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए ।डङ्गोलसँगै मनोनयनमा परेका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । उनी गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै त्यसतर्फ गएकी हुन् । मेयर बालेन शाह पनि भारतको बैंगलोरबाट काठमाडौं फर्केका छन् । शाह आइतबार त्यता गएर इन्द्रज
काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गए राति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गरेका थिए ।श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गरी निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपाल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानलाई सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूको संरक्षण गर्ने दस्तावेजको रूपमा परिभाषित गरेका छन् । जनताले लामो समयसम्म भोगेको निरङ्कुशताबाट मुक्त भएको कुरा स्मरण गर्दै भविष्यमा स्वतन्त्रताको संरक्षण आवश्यक रहेको उल्लेख उल्लेख गरेका छन् । ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झ
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । आजै साँझै राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाज
बाँके । ‘हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ’, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरै पटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देखेकी र सुनेकी छन् । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उनको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरह
काठमाडौं । संविधान दिवस टुँडिखेलमा विशेष समारोह गरी मनाइएको छ । बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो ।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी भएका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । राष्ट्रपति पौडेललाई नेपाल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिंदै उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय