पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठकस्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्लेकार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी थालेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका हुन् ।उनले भने, ‘स्मरण रहोस्–तपाईहरुले आफैले खनेको खाल्डोमा आफै पर्नु हुनेछ । यो पनि लेखेर राख्नुस् । म यो सम्मानित सदनमा असाध्यै राम्रो भाषा बोल्नु पर्छ भन्ने मान्छे । लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ । तर यसरी राजनीतिक पार्टीह
इटहरी । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबारको मन्त्रीपरिषद बैठकले युद्धकालको बेवारिसे बम विष्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । सरकारले मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो ।२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ ।बुद्ध एयरका अनुसार यो विमानले १८ लाख यात्रुलाई सेवा दिएको जनाइएको छ । नेपाल ल्याउनुअघि ३० हजार साइकल उडेको थियो । &n
काठमाडाैं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। ‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्। रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको नेताहरूले बताएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि उपसभामुखले पछिल्लो समय पद अनुकुलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।‘मैले पनि मिडिया हेरेर थाहा पाएँ। उपसभामुखले पद अनुकुलको आचरण÷व्यवहार गर्नुभएको छैन। प
ताप्लेजुङ । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो ।अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव न
काठमाडौं । ललितपुरको धापाखेलबाट श्रीमतीको हत्याको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका – ७ घर भई ललितपुर महानगरपलिका –२४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई मृत फेला परेकी थिइन् । शशिकला आफ्नै ओच्छ्यान (बेड) मा मृत फेला परेको भनी मृतकका आफन्तले प्रहरीलाई सोही राति खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरी शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । पत्नी हत्या अभियोगमा
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन संखुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । ‘गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु’, उनले भने ।संखुवासभाका प्रत्येक घरले पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उनको भनाइ छ । उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पारे । मन्त्री
इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) देखि अनसन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनसन लागेका हुन् ।उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनसन बस्न लागेका हुन् । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनसन बस्ने तयारी गरेका छन् । आफ्नो माग पूरा नभएसम्म अनसनबाट पछि नहट्ने उनले बताएका छन् ।उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आ
इटहरी ।सुन र चाँदी दुवैको मूल्य बढेको छ। सोमबार सुन १ सय र चाँदी ५ रुपैयाँ महंगो भएको हो। योसँगै आज सुन १ लाख ५२ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ७ सय ५५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।