All Posts By इटहरी खबर संवाददाता

    Showing १,४४१-१,४५० of ३,०८७ items.
  • आरजुको प्रस्तावमा चित्रलेखा यादव अष्ट्रेलियाकाे राजदूत सिफारिस हुँदै

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दै छ । बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्नेछ ।परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन् । आइतबार मन्त्री राणाले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई आज बस्ने मन्त्रिपरिष्दको बैठकले अनुमोदन गर्नेछ ।  कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • २१२ पटक पढिएको
  • अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै

    काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको आइतबार राति सामाजिक सञ्जाल फेसबुककमार्फत जानकारी दिएका छन् । योसँगै अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म कायम भएको छ ।सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको समय घटाइएको प्रधानमन्त्री ओलीले उल्लेख  गरेका छन् । ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,  खाजा पनि खानु पर्छ, तर खाजा

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३२४ पटक पढिएको
  • बाँकेका धार्मिक पर्यटकीयस्थल : न सडक छ न बिजुली बत्ती नै

    बाँके । बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरुमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ । नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा रहेको सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको संख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र विजुली बत्ती नहुँदा कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३१८ पटक पढिएको
  • डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

    झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि संक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३८७ पटक पढिएको
  • दियालो बङ्गला खुलेकाे तिन महिनामै २३ हजार पाँच सय बढि पर्यटक भित्रीए , २३ लाख बढि रकम संकलन

    चितवन । सर्वसाधारणका लागि दियालो बङ्गला खुला गरेसँगै हालसम्म २३ हजार पाँच सय ७४ जनाले अवलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि  बङ्गला सर्वसाधारणका लागि खुला गरिएको थियो । यही भदौ २२ गतेसम्म एक सय २७ जना विदेशी पर्यटक पनि  बङ्गला अवलोकन गरेका थिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट रु २३ लाख ४४ हजार एक सय राजस्व सङ्कलन भएको छ । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि रु एक सय ५

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • २११ पटक पढिएको
  • प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औं जन्मजयन्ती मनाइँदै

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापना

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • १४५ पटक पढिएको
  • प्रहरी र सशस्त्रका दुई ऐन तत्काल संशोधन थाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकूल र वस्तुनिष्ट बनाउनु पर्ने बताएका हुन् । उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुवि

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • २७२ पटक पढिएको
  • डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनु पर्ने बेला भर्खर आधा काम

    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१  डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो ।  आयोजना प्रमुख रोशन अग्रवालल

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ३४१ पटक पढिएको
  • सिन्धुलीमा विद्यार्थी मृत्यु प्रकरण : न्याय माग्दै धनुषामा सडक बन्द गरेर प्रदर्शन

    सिन्धुली । सिन्धुलीमा विद्यालय छात्रावासभित्र विद्यार्थी मृत भेटिएको घटनामा पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न माग गर्दै धनुषामा सडक अवरूद्ध पारेर प्रदर्शन गरिएको छ । जनकपुर–ढल्केवर सडखण्डमा लक्ष्मिनियाँ गाउँपालिका–४ स्थित सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहान ७ बजेदेखि प्रदर्शन गरेका हुन् ।दुई घण्टादेखि सडक अबरुद्ध हुँदा यातायात ठप्प छन् । गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकास्थित रहेको भगवतीमाई इङलिस माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने सपही बस्ने १४ वर्षीय रजनीश साह होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटना भएको धेरै बेरसम्म आफूलाई जानकारी नै नदिएको मृतक रजनीशका बु

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • १०८ पटक पढिएको
  • पाँचथर बम विस्फोट घटना : बालकको उपचार सरकारले गर्ने

    पाँचथर, बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचार सरकारले गर्ने भएको छ ।पाँचथरमा भएको बम विस्फोटमा परी ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राई घाइते छन् । उनीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् ।‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ४८१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल