काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।सन् २०२४
खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ८९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’ को काम अलपत्र परेको छ । सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्ने गरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो । आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबेंसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेंसीबाट भुम्जुडाँडामा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोड बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ । दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् । उक्त समूहका अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताइन् । ‘गाउँमा दुई–चारजना भेला भएर छलफल गर्न कुनै व्यक्तिको आँगन र पिँढीमा बस्नुपर्दा समस्या भएको थियो’, उनले भनिन्, ‘भवन बनेपछि विवाह, किरिया, छेवार जस्ता संस्
एजेन्सी । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो
काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयमा कार्यभार सम्हालको करिब करिब एक महिनामै एउटा विवादित इञ्जिनियरलाई आर्कषक ठाउँमा सरुवा गरेका छन् । मन्त्री सिंहले अघिल्लो हप्ता सिनियर डिभिजन इञ्जिनियर सुवास बस्नेतलाई सहरी विकास मन्त्रालयबाट काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं आयोजना प्रमुखम पदमा सरुवा गरेका छन् । बस्नेतको सरुवा एकल सरुवा हो ।विशेष अवस्थामा मात्र एकल सरुवा गर्ने गरिन्छ । या काम नै रोकिने अवस्था आएमा यस्तो सरुवा गर्ने गरिन्छ । तर बस्नेतको हकमा त्यस्तो केही थिएन । त्यसमा उनी एकदमै विवादित कर्मचारी हुन् ।नेपाली कांग्रेससँग निकट भनेर मन्त्रालयमा चिनिएका सोझा र
पर्सा । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुशी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुशी छाएको हो । चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औं स्थानमा नाम निकालेका छन् । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याए
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५ औं स्मृति दिवसमा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् ।क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास ग
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउँदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् ।मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएकोसमेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्न’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६, धुमामा खसेको पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । गए राति करिब १ बजेको समयमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी र उनका श्रीमान मानबहादुर चलाउने घर माथिबाट आएको पहिरोमा पुरिएका थिए ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीयको सहयोगमा शव निकालिएको हो । पहिरोमा परी घाइते भएकी चलाउनेकी छोरी सम्झनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डएसपी पुरोषत्तम पाण्डेले जानकारी दिएका छन् ।यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुक
- भोजराज घिमिरे विराटनगर, मोरङ - मोरङ निर्माण व्यवसायी संघको २७ औं साधारण सभा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूको योगदानको प्रशंसा गर्दै गुणस्तरीय निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन्। मुख्यमन्त्रीले निर्माण क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको र खरिद ऐनमा आवश्यक सुधार गरेर निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे। उनले भने, "चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूमा आशा जगाएको छ।" साथै, निर्माण व्यवस