लेटाङ । मोरङको लेटाङ–९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ । रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो । तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र चुनौतीहरूको यथार्थलाई पुनः उजागर गरिदिएको छ ।पौडेल तीन महिना अघि रोजगारीका लागि दुबई गएका थिए, तर यो छोटो समयमै उनको असामयिक निधन भयो। दुबईमा रहेका उनका साथीहरूले पौडेललाई भदौ ५ गते बिहान उठाउन खोज्दा मृत अवस्थामा फेला पारेका थिए । प्रारम्भिक रिपोर्टले उनको मृत्युको कारणबारे स्पष्ट जानकारी द
झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वी नाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ ।कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए । ‘विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौं’, उनले भने, ‘उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई
इटहरी । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तिकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तिकरणको रूपमा हेर्न थालिएको हो ।नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्
बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा बेपत्ता रहेका अर्का एक जनाको पनि शव फेला परेको छ । स्थानीय २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो । गए राति गए राति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा मृत्यु भएका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको शव शव करिब २०० मिटर तल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुई जनाको शव राति नै भेटिए पनि कमलको शव शुक्रबार बिहानमात्रै भेटिएको हो।कमलको शव अरु दुई जनाको शवभन्दा केही तल भेटिएको हो । शव पोस्टमार्टमक
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। पहिरोले पृथ्वी राजमार्ग, कालीगण्डकी करिडोर सडक, मध्यपहाडी सडक, राप्ती राजमार्गसहितका सडक अवरुद्ध भएका हुन् । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । त्यसैगरी अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन
इटहरी । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बस
धनुषा- धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ। हिजो साँझ घटेको यस घटनामा १० वर्षीय आदित्य कुमार साह, ८ वर्षीय आयुस साह, र १४ वर्षीय सुशान्त साहले ज्यान गुमाएका छन्। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार, बालकहरु आफ्नो हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए। परिवारका सदस्यहरु भोजमा व्यस्त रहेको बेला तीन बालक पोखरीतर्फ गएका थिए र त्यहीँ डुबेर मृत्यु भएको हो। मृतक तीनै बालक महावीर साहका तीन छोरीका जेठा छोरा थिए।प्रहरीले घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। तीनैजना बालकको शव पोस्
सुन्दरहरैचा -मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ७ मालति टोलस्थित एक हृदयविदारक घटनामा आफ्नै दुई नाबालिका छोरीहरूको हत्या गरी फरार भएकी अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्तले छोरीहरूलाई विष सेवन गराएर हत्या गरेको आरोप छ। घटना पछि फरार रहेकी अभियुक्तलाई प्रहरीले मिति २०८१ भदौ १९ गते बिहान ४:३० बजे झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि पक्राउ गरेको हो। झापा जिल्लामा प्रहरीको सक्रियतामा अभियुक्तलाई नियन्त्रणमा लिएर मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको छ। हाल इलाका प्रहरी कार्यालय बेलबारीबाट घटनासम्बन्धी थप अनुसन्धान भइ
इटहरी । नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् ।कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जनाइएको छ । महासङ्घका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न अटेर गरेपछि महासङ्घ मोरङकातर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नुभएको थियो ।कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उन
इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो ।गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँ