All Posts By इटहरी खबर संवाददाता

    Showing २,०११-२,०२० of ३,०५४ items.
  • सर्वाधिक ओपनिङ गर्ने तेस्रो भारतीय फिल्म बन्यो प्रभासको ‘कल्की २८९८ एडी’

    एजेन्सी ।  दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ।प्रभास स्टारर फिल्मले पहिलो दिन विश्वभरिबाट १८० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। योसँगै कल्की तेस्रो ठूलो ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। यो वर्ष भारतमा सबैभन्दा ओपनिङ गर्नेमा यो फिल्म पहिलो हो। घरेलु बक्सअफिसमा सबै भाषामा गरेर नेट ९५ करोड भारु कमाएको छ। तेलुगुतर्फ साढे ६४ करोड कमाउँदा तमिलमा ४ करोड, मललायममा साढे २ करोड र हिन्दीतर्फ २४ करोड भारु नेट कलेक्सन रहेको छ। ग्रस कलेक्सन भने ११५ करोड भारु रहेको छ। बिहिबार तेलुगुमा ८५ प्रतिशत अकुपेन्ची थियो। व्यापारका साथै यस समीक्षात्मक हिसाबले उ

    • प्रकाशित मितिः असार १४, २०८१
    • २९५ पटक पढिएको
  • नेकपा एस महाधिवेशन : सर्वसम्मत नेतृत्व चयनको प्रयास हुँदै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपंक्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्व

    • प्रकाशित मितिः असार १४, २०८१
    • १४३ पटक पढिएको
  • भोजपुरको राउते खोलामा तीन करोड ५७ लाखमा पक्की पुल

    भोजपुर । राउते खोलामा पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।‘राउते खोला पक्की पुल निर्माण अवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने । राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारी चालक मिलन तामाङले बताए ।

    • प्रकाशित मितिः असार १४, २०८१
    • १९३ पटक पढिएको
  • कृषि सामग्री कम्पनी भन्छ–सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात छ

    सिरहा । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिए । यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उनको भनाइ छ । प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार नौ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । बजारको

    • प्रकाशित मितिः असार १४, २०८१
    • १६८ पटक पढिएको
  • रामेछापबाट २५ यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस लिखु डाडाबाट खस्यो

    रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज (शुक्रबार) बिहान रामेछापको लिखु तामाकोशीमा दुर्घटनामा परेको छ । लिखु तामाकोशी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।‘बसमा सवार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले सुनाए, ‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’ उनले दुर्घटनामा परेको बसको नम्बर पनि खुलिनसकेको बताए । ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ । स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पन

    • प्रकाशित मितिः असार १४, २०८१
    • १९३ पटक पढिएको
  • झापामा जनधनको क्षति कम गर्न बाढीको पूर्व सूचना दिने प्रणाली प्रभावकारी

    झापा । झापाको कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । ‘राति तीन पटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौं’, उनले त्यसबेलाको घटना सम्झिँदै भने, ‘हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबै जना पुगेर ज्यान बचाएका थियौँ’, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उनले सुनाए ।जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वु सूचना दिन जडान गरिएका साइरन बज्नु सामान्य जस्तै भइसकेको छ । इलाममा

    • प्रकाशित मितिः असार १४, २०८१
    • ११० पटक पढिएको
  • नागार्जुनमा ‘कल्भर्ट’ मा कार खस्दा चालकको गयो ज्यान

    काठमाडौं । नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असार १४, २०८१
    • १८६ पटक पढिएको
  • अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

    एजेन्सी । इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानुनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सय बढी कानुनी मुद्दामा फसेका छन् ।उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए । ७१ वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानुनअनुसार बिबीको सम्बन्धविच्छेद भए लगत्तै विवाह भएको कसुरमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय नि

    • प्रकाशित मितिः असार १४, २०८१
    • २१७ पटक पढिएको
  • विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई रोमाञ्चक रुपमा हराउँदै भारत फाइनलमा

    एजेन्सी । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो । इङ्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित

    • प्रकाशित मितिः असार १४, २०८१
    • १८२ पटक पढिएको
  • मनसुन थप सक्रिय : आइतबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    इटहरी । नेपालमा मनसुन थप सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । चितवनको कल्याणपुर र चर्चरे, काठमाडौंको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।पर्सी आइतवारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रह

    • प्रकाशित मितिः असार १४, २०८१
    • १६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे