काठमाडौं । नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

















