इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ आज प्रति तोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।


















