इलाम । पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका हुन् । इलामका एघार सय माथि शिक्षकले राजनीतिक दल त्यागेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई इलाममा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा समेत गरेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् ।
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै एमाले र माओवादीलगायतका दल सम्मिलित गठबन्धनको सरकारले निरन्तरता पाएको छ ।न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले मंगलबार रिट खारेज गरिदिएको हो । कोशी प्रदेशमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० वैशाख २७ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।संविधानको धारा १६८ उपधारा ५ बमोजिम यसअघि मुख्यमन्त्री बनेका केदारलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश
इटहरी डेस्क । आगामी आर्थिक वर्षका लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड सात लाख सात हजार बराबरको बजेट ल्याएका छन् । आज (सोमबार) पाँच महानगरपालिकाको नगर सभा बैठकमा महानगरपालिकाका उपप्रमुखहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका हुन् ।आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् । बागमती प्रदेशका ३, कोशी प्रदेशको १ र गण्डकीको १ गरी पाँच महानगरले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बज
एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ ।मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए ।सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबाल
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुई पटक संवाद भएको बताएका छन् ।उनले दुबै देशका राज्य संयन्त्र निरन्तर संवादमा रहेको दावी गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए ।‘उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ, आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छ
रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल भएका हुन् ।यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेण्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । ‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुन
इटहरी । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् ।त्यसपछि अर्थमन्त्री वर्षमान पुनलेविनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धि विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्
इटहरी । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले स
इटहरी । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज (मंगलबार) रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ । जवाफी बहस सकिएपछि आजै फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा सोमबार प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सकिएको थियो ।मंगलबार (आज) रिटकर्ता निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट जवाफी बहस हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ । बहसबाट संविधान र संसदीय प्रक्रिया महत्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फै
इटहरी । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जनाएको छ । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (मंगलबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।गण्डकी प्रदेशका केही स्थान, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन सोमबार देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत