इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला ५ हजार ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।


















