इटहरी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।आज (शुक्रबार) दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि म
ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका चार जनाले ज्यान गुमाएका छन् । फक्तालुङ–२ खेजेनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका बाबु, आमा र जुम्ल्याहा बहिनीहरुको मृत्यु भएको हो ।फक्ताङलुङ–२ खेजेनिममा राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर बुबा ७१ वर्षीय रामबहादुर लिम्बू, आमा जसमाया लिम्बू र बहिनीहरु १२ वर्षीया गंगा लिम्बू र जमुना लिम्बूको ज्यान गएको हो ।जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बू भने घर बाहिर रहेकाले जोगिएको
इटहरी - आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।ज
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज दुई मजदुरको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए।पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ।ढल निकासीको ह्
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् ।सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् । तमोर नदीबाट पानीको निकास भइरहेकोले नदीको ड्यामले ठूलो क्षति पुर्याउन भने नसक्ने उनले आंकलन गरेका छन् । पानीको ड्याम बढे तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने वडाध्यक्ष देउप्रसाद बताउँछन्
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए । पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर
इटहरी । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् ।सलको पासो लगाएर शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
इटहरी । मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेण्ट लागेर बिहीबार दिउँसो सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार घरमा मोर्टर चलाएर कपडा धुने क्रममा दिउँसो १२ः३०
सुनसरी : लगातार तेस्रो जित निकाल्दै वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो। वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए। मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए। ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए।वेस्ट इन्डिजका लागि अल्जारी जोस
इटहरी - नेपाल र श्रीलंका बिचको खेल वर्षा बाधक बन्दा रद्द भएको छ ।