All Posts By इटहरी खबर संवाददाता

    Showing २११-२२० of ३,०८६ items.
  • प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट

    पथरी शनिश्चरे - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन)द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् ।   आज बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा आजदेखि सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्र) तर्फबाट क्रमश: रेडस्टार, अरुणोदय ,भू.पु.सैनिक र एभरेष्ट बोर्डिङ स्कुल विजयी भए भने भलिबल (छात्रा) तर्फबाट क्रमश: रेडस्टार, अन्नपूर्ण एभरेस्ट र भूपु सैनिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।यसैगरी,  कुल १६ वटा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २६४ पटक पढिएको
  • आर्थिक अभावले पाँच वर्षदेखि अधुरै छ माेरङकाे सलहेस मन्दिर

    मोरङ । मोरङको पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ । हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोशित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गरे ।मन्दिर निर्माणका लागि जग्गादान गरेका दिलीप पासवानले सलहेसको मन्दिर गाउँ

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४९६ पटक पढिएको
  • बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

    एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा सैफ मात्र घाइते भएका छन् । मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ । बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ५७७ पटक पढिएको
  • पाकिस्तानले भेटायो ठूलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी

    एजेन्सी  । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ । पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए ।उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो । मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन ।उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३३५ पटक पढिएको
  • जासुसी उपन्यास लेखक दीर्घबाहुको निधन

    काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’ को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो ।त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् । यस्तै डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् ।साथै राम महर्जन सिरिजमा ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २८१ पटक पढिएको
  • अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण

    पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ । पुल स

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १९५ पटक पढिएको
  • आज पनि बढ्यो सुनचाँदीकै मूल्य, तोलाको कति पुग्यो ?

    इटहरी । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीकै भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो । बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४२७ पटक पढिएको
  • देउवाले लिए कांग्रेस मन्त्रीहरुको ‘ब्रिफिङ’, गठबन्धनको ‘स्पिरिट’ अनुसार काम गर्न निर्देशन

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । आज (बिहीबार) बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २७८ पटक पढिएको
  • मन्त्रीहरुलाई गगनले भने–अध्यादेश छलफल गरेरै ल्याएको हो, विरोध आवश्यक छैन

    काठमाडौं । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य समीक्षा गर्न बसेको सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा अध्यादेशबारे चर्चा भएको छ ।सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहँदा बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको बैठकमा त्यसबारे छलफल भएको हो । विगतमा अध्यादेशको चर्को विरोध गर्ने महामन्त्री गगन थापाले मन्त्रीहरुलाई अध्यादेशलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।सरकारले आफूहरुसँग सल्लाहमै अध्यादेश ल्याएकाले विरोध गर्न आवश्यक नरहेको उनको भनाई थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १९५ पटक पढिएको
  • विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव

    इटहरी । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ ।आज (बुधबार) उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझावसहितको प्रतिवेदन पेस गरेको हो । उपसमितिले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ ।उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने क

    • प्रकाशित मितिः माघ २, २०८१
    • २८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल