काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।
परिसरका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले भट्टलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने काठमाडौँ प्रहरीले जनाएको छ।

















